१) हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला !
२) हत्केलामा तोरी उम्रदैन !
३) हिराको मोल किराले जान्दैन !
४) हेर्दाको राम्रो, दिन खानको चाम्रो !
५) हल्लिएको दाँत एकदिन फुक्लन्छ
!
६) हाँसी हाँसी कसेको गाँठो रोई
रोई फुकाउनु पर्छ !
७) हर्रो नपाउनेलाई जाईफल !
८) हँसियाको बिहेमा खुर्पाको गीत
!
९) सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको
कुकुर मोटाउछ !
१०) सिपाहिको काम छैन, जर्नेलको मान !
११) सालीको आशमा भिनाजुको बनिबास
!
१२) सम्धीको निहुँले मलाई पनि
घिउले !
१३) संगैका साथि सिँहदरबार माथी
!
१४) संगै बसी सुती सकि, लाज मान्दै घुम्टो
कसी !
१५) सत्रु पछ्याउने भाई, तन्नेरी पछ्याउने
बुहारी !
१६) सबै कुकुर काशी गए गु केले
खाला !
१७) शिरमा टोपी छैन , खुट्टामा खोल !
१८) शुक्र उदाए, फर्सी कुदाए !
१९) शुरोको मु**मा काँडाले
कोर्दैन !
२०) बचनको चोट, मनको घाउ !
२१) बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा
हात्ती लुक्दैन !
२२) बैरो हाँसे, पैरो चल्छ !
२३) लानेलाई भन्दा जानेलाई हतार
!
२४) लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !
२५) लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर
हुन्छ !
२७) लक्का छोरोलाई के को धक्का !
२८) र**डिको घरमा पोइको के खाँचो
!
२९) राजाको घरमा नुन को दु:ख !
३०) रावण मरेर लंका खाली हुँदैन
!
३१) रात राम्रो जुनले, मान्छे राम्रो गुनले
!
३२) रिसको झोकमा कसले बेद पढ्छ !
३३) युद्धको बेलामा बुद्धको
पुराण काम लाग्दैन !
३४) मर्दको जुँगा सँग आगो पनि
हच्किन्छ !
३५) मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै
भलो !
३६) माग्नेलाई तातो भात !
३७) माकुराको जाल झिंगाको काल !
३८) मकैको रोटीमा घिउ हाल्न र
माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ !
३९) मरी जाने चोला, उडी जाने सास !
४०) भोको पेटलाई तातो खिर !
४१) भाउजुले पोलेको देवर, बुहारीले पोलेको
ससुरो !
४२) भाउजुको देवर तन्नेरी !
४३) भरि गाग्रो छ्चल्किन्न !
४४) भाई भए भरोस, गाई भए गोरस !
४५) भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो !
४६) बँदेल जति मोटायो उति मु**
साँगुरो !
४७) बालुवा निचरेर तेल आउदैन !
४८) पाँच पैसाको ल्वांग छैन,दस पैसाको स्वांग !
४९) पानीमा बसी गोही संग दुस्मनी
!
५०) पाडो खानेले बाच्छो राख्दैन
!
५१) नसो पस्यो, माया बस्यो !
५२) नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र
बिरालो !
५३ नठिनिको नाठो काख छउन्जेल
आफ्नो !
५४) नबोल्नेको कोहि पनि बैरी
हुदैन !
५५) धन कमाई धाक, साथी कमाई लाख !
५६) दिउ आफु रित्तो, नदिउ इष्टको मुख
बाङ्गो !
५७) दुबो मौलाएझैँ मौलाउनु तर
कुकुर बौलाएझैँ नबौलाउनु !
५८) दाहिने हातले खाएपनि देब्रे
हातले खाएपनि पर्ने त उही मुखमा नै हो !
५९) दरबारमा जन्मदैमा सबैजना
राजा हुदैनन् !
६०) दमाइको लुगामा तुना छिनेको !
६१) दाजुको चिउरा, भाउजुको खटन !
६२) थैली बलियो भए साथीको के कमि !
६३) तालिममा पसिना बगाउनेले लडाईंमा
रगत बगाउन पर्दैन !
६४) तिम्रो पोइ लोते लोते, कसले दियो पोते !
६५) तेर्सो बाटोलाई फेरो नभन्नु, सौते पोइलाई मेरो
नभन्नु !
६६) तातोपानीले घर डढदैन !
६७) तिहारको ज्वाईं, श्राद्ध को सालो !
६८) तन्नेरीको साथमा तरुनीको
नासो !
६९) तँ आउदा महि पाइनस , तेरो कमारी पठाइदे
दहि दिउला !
७०) ढिकीले स्वर्गमा पनि धानै
कुट्छ !
७१) डाँकाले खाएको धन,आगोले खाएको बन !
७२) डरलाग्दा मान्छेका घिनलाग्दा
कुरा !
७३) डराउने मान्छेलाई रुखको ठुटो
पनि बाघ बन्छ !
७४) ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी
बस्नु !
७५) ठुलो गाँस नहाल बुहारी, कष्ठश्री छिन्ला !
७७) टुपी समाएर गालामा चड्कन !
७८) टोपी न सोपी,कपाल केले छोपी !
७९) टाढाको देउता, करेसाको भुत !
८०) झिङ्गो मारि धार्नी न बिसौली
!
८१) झड्केलो छोराछोरी, खढ्कुलाको भात !
८२) जान्नु न सान्नु थुतुनो
मात्रै तान्नु !
८३) जुनकिरीको पिंधले स्वर्ग
उज्यालो हुदैन !
८४) जाँड बिग्रने मोर्चा गुना, छोराछोरी बिग्रने आमा
गुना !
८५) जसकी आमा भान्छे, उसको छोरो भोकै !
८६) जति सुम्सुम्यायो उति ठाडो !
८७) जुन आस लाग्दो उही जेठाजु !
८८) छोरीको बैंस बाबुले होइन, अरुले देख्छ !
८९) छाडेको पोइ र हिडेको
स्वास्नीको नाम कसले लिन्छ !
९०) छालो जाला तर कालो जादैन !
९१) छेपारोको मन्त्र नजान्ने, साँपको दुलाँ हात
घुसार्ने !
९२) चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ
!
९३) चिनाको भात भातै होइन, स्वास्नीको जात जातै
होइन !
९४) चिनीको नाम जपेर मुख गुलियो
हुदैन !
९५) चण्डाललाई रुद्राक्षको माला
!
९६) घरमा छैन तेल, खान खोज्छ सेल !
९७) घर नखाएको छोरि, प्रदेश नखाएको छोरो !
९८) गिद्धको सामु कौवाको पखेटा !
९९) गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको
डर !
१००) गधाको भारी नपुगी उठ्दैन !
नेपाली सामान्य ज्ञान Nepali GK General Knowledge
0 Comments