Header Ads Widget

Ticker

10/recent/ticker-posts

Nepali Gau Khane Katha नेपाली गाउँ खाने कथाहरू

 



चाँदिको ठेकि सेउलाको बिरको के हो?

Ans: Mula



छोड छोड बुढी म अघि जान्छु, के हो?

Ans: Lauro


एउटी आमाका बत्तीस छोरा, आमालाई कुटछन् सधैं मोरा ।

Ans:जिभ्रो र दांत


मन चोर्ने मायालु ति राती राती आउछिन उज्यालो हुन नपाउदै कुन्नी कता जान्छिन के होला त्येस्तो ?

Ans: Nindra


हात खुट्टा केही छैन जता सुकै जान्छ
बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ
ल भन्नुहोस के हो ?

Ans: Chitthi / Letter


लामो लामो लहरमा फल्ने मिठो फल
खादा भने मुख भरी हुन्छ जलै जल… ?

Ans: Angur


सफा चिज चाहिदैन फोहरमा बस्छ
रात भरि आहार खोजी दिन भरि लुक्छ
के होला त्येस्तो ?

Ans: Lamkhutte


एउटा मानिसका आठवटा खुट्टा

Ans: दौरा भोटा वा चोलाका तुना


उँधोबाट हाँस आयो , एक मुठी घाँस ल्यायो ।

Ans: Mula – मुला


उज्यालोमा भन्दा पानी अध्यारोमा राम्री, दामी नामी उतिकै छन् रत्न हुन् हाम्री ।

Ans: Chandrama


आफ्नु घरमा भात पकाई, अरुका घरमा तिहुन चखाई ।

Ans: Jery


घुम्छ फनफनी, खान्छ मट्यनग्रा, छर्छ धुलो ।

Ans: घट्ट


एकसिंगे गोरु दुवै दाईँ गर्छन ।

Ans: जाँतो पिंधेको


आउँछ जान्छ पर्खदैन, कहिल्यै पनी फर्कदैन (कसैसंग थर्कदैन)

Ans: समय- Time


एकातिर काटे ढुङ्ग्रो, अर्कातिर काटे पुङ्माङ ।

Ans: बाँस


उठ्नेबित्तिकै खोपामा हात ।

Ans: लुगा लाएको




चाँदीको ठेकी, सुनको खोल ।

Ans: Kera – केरा


एक मुठी छ्वालीले सबै घर छाएको ।

Ans: बत्ति


खुट्टा नहुँदा जमिनमा हिंड्न पाएन, पखेटा नहुँदा आकाशमा उड्न पाएन ।

Ans:माछो


आफ्नु घरमा भात पकाई, अरुका घरमा तिहुन चखाई ।

Ans : आग्लो


आमा बोक्सी, छोरी सुकुमारी ।

Ans: गुलाफको फुल


गहिरो पोखरीमा चाँदीको थाल ।

Ans: चन्द्रमा


कालिगंगा गौरीघाट, बत्तीस हाँगा एउटै पात ।

Ans: जिब्रो


कालो ओडारमा लहरै जन्ती ।

Ans: कमिलाको ताँती


एउटा जनावरको चार थाम एक सिङ ।

Ans:गैँडा


खिरिलो साँढेको जिउ भरि सिङ्गै सिङ्ग ।

Ans: तितेकरेला


अड्गजी रुखका गडगजी पात, को ल्याउंछ दुनाबोता को खान्छ भात?

Ans: पानीअमला


घरतिर जादाँ वनतिर मुख, वनतिर जाँदा घर तिर मुख ।

Ans: बन्चरो


आफु भने निर्जीव हो आकार चार पाटो, हिसाब गर्न थाल्यो भने मानिस भन्दा टाठो ।

Ans: क्यालकुलेटर


खेतकी चरी ट्वार-ट्वार गर्छिन, पानी नपाए ठहरै मर्छिन ।

Ans: भ्यागुतो


एउटा बुढाका सयौं आँखा, देख्ता खेरि बिग्नै चनाखा ।

Ans: डोको


एक पाथी धानको लाख पाथी धान ।

Ans: Jun ra tara | जुन र तारा


एकखुट्टे धामी, भारी बोकी कुइँक्क ।

Ans: डोको

खटखट खटमाउ, तिन मुख दस पाउ ।

Ans: गोरु जोतेको


गहतकोसे घोप्टि गाई, वनमा चरी भोकै आइ ।

Ans:  हँसिया


कानमा समाई नाकमा बस्छु, हेर्नु परे आँखै छोप्छु ।

Ans: चस्मा


उदंती, बुडन्ति, चुँडन्ति ।

Ans: चारो, माछो र चंगा


इल्सिंग मिल्सिंग, काली गाईका तिन सिङ्ग ।

Ans: ओदान


अँध्यारो घरमा दहीका छिटा ।

Ans: चाँदीका सिक्का


कपास, केराउ, गुराँस, काँक्रो, चारै जातको यौटै थाँत्रो ।

Ans: सिमलको रुख


चार अक्षरी थर हुनेको पहिलो अक्षर काट्यो ।

Ans: 442


गुराँस, कपास, मास र काँक्रो, चारै चिजको एउटै थाँक्रो ।

Ans: सिमलको रुख


काठकी बाछी ढुङ्गाकी गाई, जति दुह्यो उति आइ ।

Ans: चन्दन घोटेको


गनगने बुढाको पिठ्यिँउ भरि नसा ।

Ans: दमाहा


अँजुलिभरी सुनका मुन्द्रा ।

Ans: बोहोतो


आमा खुप्रीझुप्री, छोरि भर्भर सुन्दरी ।

Ans:गुलाफ

----------------------------

Gaun Khane Katha Nepali - नेपाली गाँउ खाने कथा

Gaun Khane Katha Nepali - नेपाली गाँउ खाने कथा



Post a Comment

0 Comments

close