Header Ads Widget

Ticker

10/recent/ticker-posts

लोकसेवामा सोधिने १०१ महत्वपूर्ण प्रश्नका उत्तरहरु



 १. अल्वर्ट आइन्स्टाइनलाई इजरायल देशको राष्ट्रपति हुन आग्रह गरिएको थियो ।

२. मानिसले सबैभन्दा छिटो गर्नसक्ने काम आँखा झिम्काउने कार्य हो।

३. सगरमाथामा बिना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हुन्।

४. संयुक्त राष्ट्र संघको स्थापना २४ अक्टोबर १९४५ मा भएको थियो।

५. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको आकार अंग्रेजी अक्षर वाइजस्तो छ।

६. सन् २०१८ फिफा विश्वकप रसियामा आयोजना भएको थियो।

७. भारतीय रेलवेको दार्जिलिङमा चल्ने रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ।

८. भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कुलवीर थापा हुन्।

९. रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो।

१०. खुम्बु हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो। यो ७,६०० मिटर उचाईबाट शुरू भएर ४९०० मिटरसम्मको उचाइमा बग्दछ।

११. काग यस्तो पंक्षी हो, जसले आफ्नो चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ।

१२. नेपालको सबैभन्दा सुन्दर झरना रूप्से झरना म्याग्दी जिल्लामा पर्दछ।

१३. डा. फुहररले लुम्बिनीको उत्खनन् गरेपछि सन् १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो।

१४. स्वयम्भूको पूरानो नाम पद्मकण्ठगिरी हो।

१५. सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६ मा भएको थियो।

१६. झिङ्गे माछाको रगत रङ्गहिन हुन्छ। तर, जब यो बाहिर आउँछ, अक्सिजनले यसलाई निलो बनाइदिन्छ।

१७. विश्वको सबैभन्दा लामो नदी नाइल नदीको लम्बाई ६६५० किलोमिटर छ।

१८. सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ।

१९. हवाइयन वर्णमालामा जम्मा १२ वटा मात्र अक्षर छन्।

२०. भारत र श्रीलंकाबीच समुद्रमा बनेको ३० किमी लामो पूललाई एडम्स ब्रीज भन्छन्।

२१. मैथिली भाषा विश्वमा बढी बोलिने भाषामध्ये २६ औं स्थानमा छ।

२२. उँटको दूध जम्दैन वा फाट्दैन।

२३. जुका सबैभन्दा बढी प्रजाति भएको जीव हो।

२४. सबैभन्दा अल्छी चरा ढुकुर हो।

२५. एनसेल मोबाइल सेवाबाट विकिपीडिया जिरो प्रयोग गरेमा पैसा लाग्दैन।

२६. सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भूभाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो। त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु प¥यो।

२७. संसारका ११ प्रतिशत मानिसहरूले बायाँ हातको प्रयोग गर्दछन्।

२८. अंग्रेजी भाषामा सबैभन्दा बढी प्रयोग हुने अक्षर ई हो भने सबैभन्दा कम प्रयोग हुने अक्षर क्यू हो।

२९. सबै महाद्विपहरूको नामको शुरू तथा अन्त्य एउटै अंग्रेजी अक्षरबाट हुन्छ।

३०. सर्वप्रथम कफी इथियोपियामा पत्ता लागेको थियो।

३१. विक्रम सम्वत् २०५१ मा नेपालमा प्रथमपटक मिस नेपाल प्रतियोगिता आयोजना भएको थियो।

३२. ल्यापटपका आविश्कारक बिल मग्रिज हुन्।

३३. सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र ब्राजिल हो।

३४. बिल गेट्स हाल विश्वका सबैभन्दा धनी व्यक्ति हुन्।

३५. स्वीडेनकी किकी ह्याकन्सन पहिलो विश्वसुन्दरी हुन्।

३७. सबैभन्दा बढी फिफा वर्ष खेलाडी हुने व्यक्ति लियोनेल मेस्सी हुन्।

३८. कोरियन गायक तथा संगीतकार पार्क जिसाङ्गले गाएको गीत गङ्नम स्टाइल युट्युबमा सन् २०१३ मा सबैभन्दा बढी हेरिएको गीत हो।

३९. विश्वकी पहिलो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हुन्।

४०. चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात फेब्रुअरी २००४ मा भएको हो।

४१. विश्वको सबैभन्दा ठूलो जनावर निलो व्हेल हो।

४२. सिएनएन हिरो हुने पहिलो नेपाली अनुराधा कोइराला हुन्।

४३. विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो बन्दरानाइके हुन्। उनी श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन्।

४४. विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला पाकिस्तानकी बेनजिर भुट्टो २३ बर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन्।

४५. विश्वको पहिलो महिला अन्तरीक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन्।

४६. नेपालको पहिलो विमान चालक महिला रक्षा राणा हुन्।

४७. सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला जापानकी जुन्को ताबेई हुन् भने नेपालको पहिलो सगरमाथा आरोही महिला श्रीमती पासाङ ल्हामु शेर्पा हुन्।

४८. विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्ने प्रचलन बेलायतबाट सुरू भएको हो।

४९. नेपालको पहिलो महिला सम्पादक साधना प्रधान र कुमारी कामाक्षादेवी हुन्।

५०. नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्र लक्ष्मी हुन्।


५१. रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन्।

५२. नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन्।
५३. सर्वप्रथम मदन पुरस्कार पाउने लेखिका पारिजात हुन्।

५४. विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला बानिरा गिरी हुन्।

५५. प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी श्रेष्ठ हुन्।

५६. नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबरा हुन्।

५७. नेपालमा सबैभन्दा पहिलो बैंक नोट विक्रम सम्वत् २००२ सालमा प्रकाशन भएको थियो।

५८. नेपालको सबैभन्दा ठूलो ढोका नारायणहिटी दरबारको ढोका हो।

५९. विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा मरूभूमि हो।

६०. विश्वको सबैभन्दा उचाइमा मुहान भएको नदी अरूण नदी हो।

६१. धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८२ मा गराएका हुन्।

६२. तिब्बतबाट सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामा रहेको छ।

६३. नेपालमा पर्वतारोहणका लागि सबैभन्दा पहिले खुला गरिएको हिमाल अन्नपूर्ण हिमाल हो।

६४. काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी हो।

६५. कलियुग पौष कृष्ण औँसीबाट सुरु भएको मानिन्छ।

६६. गणेशमान सिंहको बाल्यकालको नाम हिराकाजी थियो।

६७. नेपालको भूकम्प नजाने शहर भनेर पनौतीलाई चिनिन्छ।

६८. श्रीपशुपतिनाथलाई कार्तिक कृष्ण अष्टमीको दिन बुद्धको मुकुट पहिराइन्छ।

६९. नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापा हुन्।

७०. नेपालमा १८५ प्रकारका माछा पाइन्छन्।

७१. सप्तबुद्धमा कनकमुनी, शाक्यमुनी, शिखी विश्वभू, काश्यप, विपश्वी र ऋकुच्छन्द पर्दछन्।

७२. थर्ड पोल नामले सगरमाथालाई चिनिन्छ।

७३. स्याउ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो।

७४. हिम चितुवा नेपालको संरक्षित स्तनधारी वन्यजन्तु हो।

७५. सुगौली सन्धि सन् १८१६ मार्च ४ मा नेपाल र इष्ट इण्डिया कम्पनीबीच भएको थियो।

७६. माछा संरक्षण केन्द्र पोखरामा छ।

७७. गाईको ३२ वटा दाँत हुन्छन्।

७८. भालुको ४२ वटा दाँत हुन्छन्।

७९. स्वीजरल्याण्डमा प्रतिवर्ष प्रति व्यक्ति १० किलो गर्न बराबरको चकलेट खान्छन्।

८०. हिमपहाडको ९० प्रतिशत भाग पानीभित्र हुने गर्दछ।

८१. अष्ट्रेलियालाई पहिला नयाँ हल्याण्ड भनिन्थ्यो।

८२. मानिसको औसत मस्तिष्कमा करिब ७८५ पानी हुन्छ।

८३. भ्यागुताले आफ्नो आँखा खुला राखेर खाना निल्न सक्दैन।

८४. डटपेनको आविष्कारक जोन जे. लाउड हुन्।

८५. नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवा वि.सं. २०६४ असार २३ देखि प्रारम्भ गरेको हो।

८६. चियामा टेनिस नामक विषालु क्षारीय तत्व हुन्छ।

८७. खुट्टामा जिब्रो हुने जीव पुतली हो।

८८. दक्षिण एसियामा नै राजनीतिमा सबैभन्दा बढी महिला सहभागिता रहेको देश नेपाल हो।

८९. जिब्रोको भित्री भागले तीतो स्वाद थाहा पाउँछ।

९०. रुघा संसारकै सबैभन्दा बढी सर्ने रोग हो।

९१. डेविड फिलो र जेरी याङ्ग याहुका संस्थापकहरू हुन्।

९२. भेनेजुयलामा असंलग्न राष्ट्रको १७ सम्मेलन सन् २०१५ मा आयोजना हुँदैछ।

९३. अस्ट्रेलियाको निर्वाचनमा मत नखसालेमा ४ डलर जरिवाना तिर्नुपर्ने नियम छ।

९४. विचित्र नामको गुफा गुल्मी जिल्लामा अवस्थित छ।

९५. नेपालमा गद्य कविताको शुरुवात गर्ने साहित्यकार गोपाल प्रसाद रिमाल हुन्।

९६. जापान विश्वमा सबैभन्दा पूरानो राजतन्त्र भएको मूलुक हो।

९७. गौतम बुद्धको मृत्युपश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ मूल सर्वास्ती विनय हो।

९८. नेपालको चितवनमा अन्तराष्ट्रिय हात्तीपोलो खेल नियमित रुपमा हुने गर्दछ।

९९. माइक्रोसफ्ट कर्पोरेशन संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी हो।

१००. दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा हो।

१०१. चाल्र्स डार्बिनले प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा व्याख्या गरेको मानिन्छ।


Lok Sewa Exam Nepal Tayari लोक सेवा परीक्षा तयारी


Lok Sewa Exam Nepal Tayari लोक सेवा परीक्षा तयारी


Post a Comment

0 Comments

close